‘खै घरघरमा ग्यास, खै रेलको टिकट ?’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै घरघरमा ग्यास र रेलको टिकट खै भनी प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले ओलीले आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको काम पूरा हुन नसक्नुको जवाफ माग गरेका हुन् ।
उनले भने,‘आफ्नो पालामा कति हावादारी योजनाहरु आए ? भनियो तिथिमिति तय गरेर यो मितिमा टिकट काट्नुहोस । ठ्याक्क हवाइ रेल चढ्नु । बिजुलीको रेल चलाइनेछ यस्ता हावादारी कुरा ल्याउनु हुँदैन ।’
केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको विवेचना गर्दै अधयक्ष नेपालले थप प्रश्न गरे, ‘घरघरमा ग्यास, खै ग्यास ? यस्तोमा कहाँ कहाँ त्रुटी भयो ? टावरका कुराहरु आइरहेका छन् । मलेसियाका टावर, खाडी क्षेत्रका टावर । टावरको आवश्यकता छ भने कहाँ ? धानको बाला हेर्ने टावर ?’
प्रतिक्रिया