शुक्रबार, चैत १६, २०८०

छ मध्ये एक पुरुष प्रजनन क्षमताको हानिबाट प्रभावित

नेपालखोज २०८० जेठ ८ गते १४:३९

काठमाडौं । डब्ल्यूएचओका अनुसार विश्वभरका छ जना वयस्क पुरुष र महिलामध्ये एकले आंशिक बांँझ‍ोपनक‍ अनुभव गर्छन् । अन्तर्राष्ट्रिय संस्थाले बाँझोपन विरुद्धको चिकित्सा सुविधाको पहुँच विश्वव्यापी रूपमा बढाउनुपर्ने माग गरेको छ ।

संयुक्त राष्ट्र संघको यो एजेन्सीका अनुसार विश्वको जनसंख्याको लगभग १७.५ प्रतिशत (पुरुष र महिला दुवै) आफ्नो जीवनको कुनै न कुनै समयमा आंशिक बांँझ‍पनको अनुभव गर्छन् र धेरै अवस्थामा त्यस्तो बाँझोपन छोटो अवधिको भन्दा लामो अवधिको हुन्छ ।

डब्ल्यूएचओले आफ्नो प्रतिवेदनमा यी दरहरू उच्च, मध्यम र न्यून आय भएका देशहरूका लागि लगभग समान रहेको बताएको छ ।

छ मध्ये एक वयस्क प्रभावित

ब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसका अनुसार , ‘विश्वभरका छ मध्ये एक वयस्कले आफ्नो जीवनमा कुनै न कुनै समयमा बच्चा जन्माउन नसक्ने अनुभव गर्छन्।’ जहाँ बसोबास गर्ने वा बाँच्नका लागि जति स्रोतसाधन उपलब्ध भए पनि यो अवस्थाको सामना गर्नेहरुको पीडा उच्च रहेको उनले बताए ।

बांँझोपनबाट प्रभावित वयस्कहरू

डब्ल्यूएचओले रिपोर्ट गरेको छ कि उच्च आय भएका देशहरूमा १७.८ प्रतिशत वयस्क पुरुष र महिलाहरू तथा कम र मध्यम आय भएका देशहरूमा १६.५ प्रतिशत वयस्कहरू उनीहरूको प्रजनन सक्रिय जीवनको समयमा कुनै न कुनै समयमा बाँझोपनबाट प्रभावित थिए ।

यो एक प्रजनन अवस्था हो जसमा १२ महिना वा त्यस भन्दा बढी समयसम्म नियमित असुरक्षित यौनसम्पर्क गर्दा पनि गर्भ बस्दैन। गेब्रेयस भन्छन – यो प्रतिवेदनले बांँझोपनले बिना भेदभाव सबैलाई असर गर्छ भन्ने महत्त्वपूर्ण सत्यलाई उजागर गरेको छ।

बाँझोपनलगायत अन्य चिकित्सा समस्या हटाउन सहयोगी हुने यस्ता स्वास्थ्य सेवामा अन्तर्राष्ट्रिय स्तरका सबै समाजका आम जनताको पहुँचमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

डब्ल्यूएचओले यो मुद्दालाई ‘विश्वव्यापी रूपमा प्रमुख स्वास्थ्य चुनौती’ का रूपमा वर्णन गरेको छ भने कतिपय देशको तथ्याङ्कको अभावका कारण विभिन्न क्षेत्रहरूमा स्थिति तुलना गर्न कठिनाइ भएको बताएको छ। डब्लुएचओले सन् १९९० देखि २०२१ सम्ममा बाँझोपनसम्बन्धी सबै सान्दर्भिक अनुसन्धानको गहिरो अध्ययन गरेको छ ।

डब्लुएचओका यौन तथा प्रजनन स्वास्थ्य तथा अनुसन्धानका निर्देशक डा . पास्केल एलोट्टीले प्रजनन उपचारका क्रममा करोडौं मानिसले स्वास्थ्य सेवामा ठूलो खर्च व्यहोर्नुपर्ने र उनीहरू चिकित्सा गरिबीको चक्रमा फसेको बताए ।

डब्ल्यूएचओले संसारभरका सरकारहरूलाई आमाबाबु बन्न चाहने सबै मानिसलाई ‘सुरक्षित, प्रभावकारी र लागत-प्रभावी विकल्पहरू’ उपलब्ध गराउन आह्वान गरेको छ।
AFP / AP

प्रतिक्रिया