शुक्रबार, चैत १६, २०८०

नेप्से ८ अंकले बढ्दा एक अर्ब २७ करोडको किनबेच

नेपालखोज २०८० जेठ ८ गते १६:४४

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन पाँच दशमलव ८८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार आठ दशमलव १० अंकले बढेर १८ सय ९१ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव ८८ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ७२ वटा कम्पनीहरुको २५ हजार सात सय ४६ पटकको कारोबारमा ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा दुईवटा समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २९ अंकले घटेर १२ सय २२ दशमलव ८४ अंकमा झरेकोमा ट्रेडिङ समूहको सूचक पनि २० दशमलव ९९ अंकले घटेको छ ।

विकास बैंक समूहको सूचक १० दशमलव ६६ अंकले बढेर तीन हजार पाँच सय नौ दशमलव ८७ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि १३ दशमलव १५ अंकले बढेर १५ सय ९६ दशमलव २२ अंकमा चढेको छ । जलविद्युत समूहको सूचक पनि १४ दशमलव २२ अंकले बढेर २३ सय ७१ दशमलव २३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ८८ दशमलव ३२ अंकले बढेर नौं हजार छ सय १७ दशमलव २३ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ७४ दशमलव आठ अंकले बढेर नौं हजार ८१ दशमलव ८१ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक, सामूहिक लगानी कोष, लघुवित्त र अन्य समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्रिन लाइफ हाइड्रो पावरको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ३७ प्रतिशतले घटेर दुई सय ८९ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता चार सय १६ रुपैंयाँ ३० पैसा अन्तिम मूल्यमा सात करोड ३४ लाख ९८ हजार चार सय ९४ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया