शुक्रबार, चैत १६, २०८०

सानिमा बैंक अब लमजुंगको बेसी सहरमा

नेपालखोज २०८० जेठ ८ गते १७:२२

काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबार लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंक कको देशका सातै प्रदेशमा १३१ वटा कार्यालयर १२२ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया