बुधबार, असोज २, २०८१

ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउने

नेपालखोज २०८० जेठ ८ गते १८:०९

काठमाडौं । ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको थियो । सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

ढाकाकुमारले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल ढाकाकुमारको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया