बुधबार, असोज २, २०८१

कुबेरलाई प्रसन्न बनाउने उपाय

नेपालखोज २०८० जेठ ९ गते ५:१२

हिन्दु शास्त्रहरूमा कुबेरलाई धन-धान्य र समृद्धिको देवता बताइएको छ । यसका साथै बरको रुखमा कुबेरको वास रहेको पनि बताइन्छ । भनिन्छ, जो सँग कुबेर प्रसन्न हुन्छन् उसको जीवनमा कुनै पनि प्रकारको कमी हुँदैन भने उसले आर्थिक संकटको सामना गर्नुपर्दैन । माता लक्ष्मीजस्तै कुबेरले पनि मानिसको जीवनमा धनको वर्षा गर्नुहुन्छ । यस्तो अवस्थामा यदि तपाई पनि धनका देवता कुबेरदेवलाई प्रसन्न गर्न चाहनुहुन्छ भने केही सहज उपाय गर्नाले भगवान कुबेरको आशीर्वाद प्राप्त गर्न सकिन्छ ।

आफ्नो ढुकुटीको ढोका यो दिशामा राख्नुहोस् :

केही कुराको ख्याल राखेर हाम्रो जीवन सुखमय बनाउन सकिने वास्तुविज्ञहरु बताउँछन् । घरको उत्तर दिशालाई कुबेरको दिशा मानिन्छ। यस्तो अवस्थामा घरको ढुकुटीको ढोका सधैं उत्तर दिशामा खुल्नु पर्छ । भनिन्छ यो उपाय गर्नाले देवी लक्ष्मीको कृपा पनि आफुमा रहन्छ ।

माता लक्ष्मीको वास

नरिवललाई वास्तुशास्त्र र ज्योतिषमा शुभ र पवित्र मानिन्छ । भनिन्छ नरिवल बिना घरको पूजा पूरा हुँदैन । यसैगरि घरको मन्दिरमा नरिवल राख्दा घरमा धनको कमी हुँदैन । माता लक्ष्मीको बास रहन्छ। वास्तु अनुसार घरको मन्दिरमा देवी लक्ष्मीको प्रिय श्री यन्त्र तथा महालक्ष्मी यन्त्र स्थापना गर्दा माता लक्ष्मीसँगै कुबेरको पनि आशीर्वाद प्राप्त हुन्छ। यसबाट घरमा सुख शान्ति छाउने अनि आर्थिक अवस्था बलियो हुने कुरा बताइन्छ ।

धातुको कछुवा राख्नु शुभ

शास्त्र अनुसार कछुवाको सम्बन्ध भगवान विष्णुसँग बताईएको छ । यस्तो अवस्थामा घरमा धातुको कछुवा राख्नु शुभ मानिन्छ । भनिन्छ घरमा धातुको कछुवाले भगवान विष्णुलाई प्रसन्न तुल्याउँछ । यसले परिवारका सदस्यहरुको आम्दानी बढ्छ । कछुवालाई घरको उत्तर दिशामा स्थापना गर्नुपर्छ । यो उपायले वास्तु दोषबाट मुक्ति मिल्छ ।

नकारात्मक ऊर्जा हटाउन

ज्योतिषशास्त्र अनुसार गोमती चक्र देवी लक्ष्मी र कुबेरलाई पनि प्रिय छ। गोमती चक्रलाई रातो रंगको कपडामा बाँधेर घरमा राख्नुपर्छ । यसबाट शुभ फल प्राप्त हुन्छ । यसलाई वास्तुशास्त्रमा पनि निकै शुभ मानिएको छ । गोमती चक्रलाई घरमा राख्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ र घरमा सुख शान्ति कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया