मंगलबार, जेठ १, २०८१

गुजरातलाई हराउँदै चेन्नई फाइनलमा

नेपालखोज २०८० जेठ १० गते ५:२९

काठमाडाैं । चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आईपीएलको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाएको हो । 

गुजरातका शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अन्य कुनैपनि गुजरातका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर दीपक चाहरको तेस्रो ओभरको अन्तिम बलमा ऋद्धिमान शाह डिप स्क्वायर लेगमा मथिशा पथिरानाबाट १२ रनमा क्याच आउट भए । स्पिनर महेश थिक्सेनाले कप्तान हार्दिक पान्ड्यालाई ८ रनमा रविन्द्र जडेजाबाट प्वाइन्टमा क्याच गराउँदै चेन्नईलाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

अब गुजरातले लखनउ र मुम्बईको दोस्रो क्वालिफायरको विजेतासँग पुनः प्रतिस्प्र्धा गर्नेछ। उक्त खेलमा विजयी हुने टिमले उपाधिका लागि चेन्नाईसँग प्रतिस्पर्धा गर्ने छ। 

प्रतिक्रिया