बिहीबार, वैशाख १३, २०८१

होचि मिन्हको १२ सुझाव

नेपालखोज २०८० जेठ १० गते ६:०५

राष्ट्रको जरा जनतामा रहन्छ । रास्ट्रिय प्रतिरोध युद्ध र रास्ट्रिय पुनर्निर्माणको समयमा मुख्य शक्ति जनतामा निहित हुन्छ । त्यसकारण सेना, प्रशासन र जन बर्गिय संगठनहरुमा रहेका सबै मानिसहरु जो जनताको सम्पर्कमा रहन्छन वा जनता माझ बस्छन उनिहरुले यी बार्‍ह सुझाव सम्झिनु र लागू गर्नुपर्छ ।

६ वटा निषेध :

१. जनताको जमीन र बालिनाली, घर र जायजेथा नोक्सान पुर्‍याउने काम नगर्नु ।

२. जनताले बेच्न र सापटी दिन नचाहेको सामान किन्न र सापटी माग्न जोड नगर्नु ।

३. पहाडमा बस्ने मानिसहरुको घरबाट जिउँदो कुखुरा लिएर नआउनु।

४. आफ्नो वचन कहिले नतोडनु।

५. जनताको बिश्वास र प्रथा(परंम्परा प्रति आक्रमक नहुनु९जस्तै पूजा गर्ने ठाउँमा नसुत्नु, चुल्हो ननाघ्नु, घरमा संगीत बजाउनु आदि० ।

६. त्यस्तो कुनै पनि कुरा नभन्नु जसले गर्दा जनतालाई होच्याएको वा अपमान गरेको महसुस होस ।

६ गर्नुपर्ने काम

१. जनताका दैनिक काममा सहयोग । ९जस्तैस्( बाली भित्र्याउने, दाउरा बटुल्ने, पानी बोक्ने, लुगा सिउने आदि० ।

२. संभव भएसम्म बजार बाट टाढा बस्ने मानिसहरुको लागि सामान किन्दिने । ९जस्तैस्( चक्कुहरु, नुन, सियो(धागो, कलम(कापी आदि० ।

३. खाली समयमा प्रतिरोधको लडाइँलाई उपयोगी हुने रमाइला, सरल र छोटा कथाहरु भन्ने तर गोप्य कुराहरु नखोल्ने ।

४. आम मानिसलाई देशको रास्ट्रिय लिपि लेख्न र आधारभुत स्वास्थ सम्बन्धि जानकारि दिने ।

५. प्रत्येक क्षेत्रको प्रथा(परम्पराका बारेमा जानकार रहन त्यसको अध्ययन गर्ने जसले गर्दा पहिले सहानुभूतिको बाताबरण बनोस। त्यसपछी बिस्तारै जनतालाइ बुझाउदै ती अन्धबिश्वास लाई कम गर्दै लाने ।
६. जनता समक्ष आफु सहि, लगनशील र अनुशासित भएको प्रमाण दिने ।

प्रतिक्रिया