मंगलबार, जेठ १, २०८१

नेपालमा भलिबल खेल

सुनिल उलक २०८० जेठ १० गते ८:३४

काठमाडौं । वि.सं. १९५२ मा अमेरिकाबाट सुरु भएको यस खेलले नेपालमा सरकारी मान्यता पाउन झन्डै ७८ वर्ष लाग्यो । राष्ट्रिय स्तरको खेल वि.सं. २०३० बाट सुरु भएको हो ।

भलिबल खेलको इतिहास सरसरती हेर्ने हो भने नेपालमा यस खेलको प्रवेश वि.सं. १९९० को दशकमा बेलायती गोर्खा सैनिकहरूबाट भएको भन्ने गरिन्छ ।

तर सरकारी तथ्य अनुसार पहिलो खेल भने वि.सं. १९९९ मा त्रिचन्द्र कलेजका विद्यार्थीहरूका बिच खेलिएको भन्ने उल्लेख गरिएको छ । यस अर्थमा नेपालमा भलिबल खेलको इतिहास केवल ८१ वर्षको रहेको छ ।

देशमा राणा शासनबाट मुक्ति पछि विद्यालयहरू खोल्ने होडसँगै विद्यार्थीहरूका बिच मनोरञ्जन खेलका रूपमा भलिबल खेलले पनि उपत्यका भन्दा बाहिर पनि खेल्न थालेको देखिन्छ ।

२००७ साल पछि विराटनगर, वीरगन्ज तथा पोखरामा पनि भलिबल खेल्न थालेको देखिन्छ ।

यो खेललाई पिस कोर भोलेन्टियरहरूले ग्रामिणस्तरमा व्यापक बनाएका हुन ।

प्रतिक्रिया