मंगलबार, जेठ १, २०८१

काभा भलिबल : कीर्गिस्तानसँग बङ्गलादेश पराजित

नेपालखोज २०८० जेठ १० गते १२:५७

काठमाडौं । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

समूह ‘ए’ मा रहेका यी दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् । यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–११ र तेस्रो तथा अन्तिम सेट २५–२० ले हरायो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।

समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

प्रतिक्रिया