बिहीबार, जेठ २, २०८२

शरणार्थी प्रकरणमा मूल दोषीलाई कारवाही गर्न माग गर्दै ४६ वटा धर्ना प्रदर्शन

नेपालखोज २०८० जेठ १० गते १४:२४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुलाई कारबाही गर्न माग गर्दै २२ जिल्लाका ४६ वटा धर्ना प्रदर्शन गरेको छ ।

समाजले जेठ १ गतेदेखि विशेष अभियान सुरु गरेको थियो । साथै, प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र समेत पठाइएको छ ।

३ बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन/अनुसन्धान गरि दोषीहरुलाई कारबाही गर्न माग गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रम आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै दिवस मनाइने समाजका कार्यवहाक सभापति कृष्ण बहादुर रावलले जानकारी दिए ।

त्यस्तै, शान्ति समाजले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी आफ्नो २८औँ स्थापना दिवस मनाउने भएको छ । समाजको २०५३ जेठ १९ गतेस्थापना भएको थियो ।

प्रतिक्रिया