लघुवित्त संस्थाले असार मसान्तसम्म कर्जा पुर्नतालिकीकरण गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई २०८० असार मसान्तसम्म कर्जा पुनरतालिकीकरण गर्न निर्देशन दिएको छ । बुधबार लघुवित्त वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
परिपत्र अनुसार कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था अन्र्तगत ‘पुनरतालिकीकरण’ भन्नाले ग्राहकले लिएको कर्जाको भुक्तानी गर्ने अवधि÷समय बढाउने प्रक्रियालाई बुझ्नु पर्ने छ भने ‘पुनरसंरचना’ भन्नाले कर्जाको प्रकृति वा शर्तमा परिवर्तन गर्ने वा बन्देजहरु थपघट गर्ने प्रक्रियालाई बुझ्नुपर्ने छ ।
लघुवित्त वित्तीय संस्थाले उक्त संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सक्ने परिपत्रमा उल्लेख छ । यस्तो पुनरतालिकीकरण र÷वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने परिपत्रमा उल्लेख छ ।
२०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सकिनेछ । उपर्युक्त बमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुलाई पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
कर्जा पुनरतालिकीकरण ररवा पुनरसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन ।
उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ । पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क÷हर्जाना लिन पाइने छैन, परिपत्रमा भनिएको छ ।
परिपत्र अनुसार पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाको किस्ता लगातार छ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ । पुनरतालिकीकरण र÷वा पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राईट व्याक अर्थात फिर्ता हुने अवस्था आएमा फिर्ता गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ ।
यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन । पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरिएको कर्जा असल बर्गमा वर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिने छ ।
लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनु पर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई असल, सुक्ष्म निगरानी, शंकास्पद र खराब कर्जामा बर्गिकरण गर्नुपर्ने छ । यस अन्र्तगत भाखा ननाघेका र एक महिनासम्म भाखा नाघेका कर्जा/सापटलाई असल कर्जामा राख्नु पर्ने छ भने एक महिनादेखि बढीमा तीन महिनासम्म भाखा नाघेका कर्जा÷सापटलाई सूक्ष्म निगरानी कर्जा शिर्षकमा राख्नुपर्ने छ ।
तीन महिनादेखि बढीमा छ महिनासम्म भाखा नाघेका कर्जा÷सापट कमशल कर्जामा राख्नु पर्ने छ भने ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा/सापटलाई शंकास्पद र एक वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा÷सापटलाई खराव कर्जामा बर्गिकरण गर्नुपर्ने छ । असल, सूक्ष्म निगरानी तथा पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जालाई ‘सक्रिय कर्जा’ र कमसल, शंकास्पद तथा खराब कर्जालाई ‘निष्क्रिय कर्जा’ को रुपमा छुट्याउनुपर्ने छ ।

प्रतिक्रिया