बुधबार, जेठ २, २०८१

आईपीएल : लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा 

नेपालखोज २०८० जेठ ११ गते ६:१९

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स १६औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो ।मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो । 

लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दशौं ओभरमा आकाश मधवालले लगातार दुई विकेट लिएसँगै मुम्बई खेलमा हाबी भएको थियो ।

मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए । लखनउका तीन ब्याटर रन आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।

प्रतिक्रिया