सोमबार, साउन ७, २०८१

अहिलेको सिठी नखस् र उहिलेको सिठी जुझ

सुनील उलक २०८० जेठ ११ गते ७:०३

आज जेठ ११ गते नेवास् समुदायमा अधिकांशले सिठी (सिथी० नखस् को रुपमा कूल ९दिगू०पूजा गरेर मनाउने परम्परा रहदै आएको छ । धार्मिक रुपले यो दिनलाई जे जसरी मनाउँदै आएको भए तापनि सामाजिक रुपमा नेवास्हरु यस दिन अप्रत्यक्ष रुपमा पर्यावरण दिवसको रुपमा सयौं वर्षदेखि मनाउँदै गरेको हामी पाउँछौं । यस दिन पानीको मुहानका रुपमा रहेको कलधारा, ढुङ्गेधारा, इनार, चोक लगायत आफ्नो वरपर रहेका स्थानहरु सफासुग्घर गर्ने परम्परा रहदै आएको छ । यो भनेको पर्यावरण प्रति त्यो समयको समुदायको गहन सोचको परिणाम हो ।

राजा गुणकामदेवले बि.सं. ७८१ मा काठमाडौ शहरको स्थापना गरे संगै उपत्यकामा धेरै नै मन्दिरहरु तथा जात्राहरुको चलन चलाएका थिए । उनले बिष्णुमति किनारमा कंग अजिमाको स्थापना गराइ मन्दिर बनाएका थिए । उनले यहि मन्दिर रहेको ठाउँमा नै सिठी जुझ पनि शुरु गरेका थिए । राजा गुणकामदेवलाई सपनामा कुमारजी आएर जेष्ठ शुक्ल षष्ठीका अघिल्ला दिन देखी षष्ठीका दिनसम्म सिठी जुझ खेलाउन आग्रह गरे अनुरुप कंग अजिमा रहेको विष्णुमती किनारमा सिठी जुझको शुरुवात गरेका थिए ।

सिठी जात्राको रुपमा मनाइ केटाकेटीहरु एक अर्कालाई ढुङ्गाले हानि रमाइलो गर्दथे । यसरी खेलिने सिठी जुझ बिस्तारै डरलाग्दो सम्म हुने गर्दथ्यो । काठमाडौं उपत्यकाको उत्तर तिरको र दक्षिण तिरका बासिन्दाहरुको सिठी जुझ भयावह भएर मानिसहरुको मृत्यु पनि हुन थाले पछि राजा जयप्रकाश मल्लले जात्रा मनाउन प्रतिबन्ध नै लगाइ दिए ।

यसरी जयप्रकाश मल्लले बन्देज लगाएको अर्को साल रातमा भयंकर झगडा भएको जस्तो आवाज राजा तथा जनताहरु सबैले सुनेपछि यो बन्देज लगाउन नहुने रहेछ भनेर फेरी नियमित गराएका थिए । यस पछि पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल गरिसके पछि पून काठमाडौ उपत्यकाका नेवास्हरुले सिठी जात्रा तथा सिठी जुझ मनाउन थाले ।

यसरी रमाइलोको लागि मनाइने जात्रा जङ्गबहादुरको शासनकालमा आइपुग्दा भयावह हुन थाल्यो । सिठी जुझ यति डरलाग्दो हुन थाल्यो कि जब कोही बिपक्षीको चंगुलमा फस्दथ्यो । त्यसलाई कंकेश्वरीमा बलि चढाइन्थ्यो । यसरी मनाइने खेलमा मानिसहरुको बलि नै चढाउने उन्मादमा पुगेपछि जङ्गबहादुरले यसलाई बन्देज नै लगाइ मुलुकी ऐनमा सजायँ नै तोके ।

जसका अनुसार यदि कोही सिठी जुझ ९युद्ध० गरे भने उनिहरु प्रत्येकलाई अढाइ रुपैया जरिवाना गर्ने तथा जरिवाना रकम बुझाउन नसकेमा १५ दिन कैद गर्ने कानुन नै बनाए । साथै जङ्गबहादुरले यो कानुन तीनै उपत्यकाका बासिन्दाहरुका लागि लगाएका थिए । साथै जङ्गले त्यसै बेला अर्को कानुन पनि पारित गरेका थिए । यदि कोही उपत्यकाको चार दिशामा रहेको मन्दिर तथा घाटहरुमा धनुकाढ, तरवार, खुकुरी, ढुङ्गा, इँटा, घुयेत्रो प्रयोग गरि झगडा गरेको भेटिएमा पनि अढाइ रुपैया दण्ड लगाइनेछ । साथै जरिवाना बुझाउन नसकेमा १५ दिन कैद राखिनेछ ।

जङ्गबहादुरको मुलुकी ऐनमा राखिएको सिठि जुझको कानुन

१. अब उप्रांत तिन शहर नेपाल षाल्डामा सिठि जुझ कसैले नषेलनु । अ‍ैन भया पछि कसैले सिठि जुझ षेल्यो भन्या षेलन्यालाइ जनहि २।। रुपैया दंड गर्नु रुपैया नतिर्या अ‍ैन बमोजिम कैद गर्नु

२. पूर्व पश्चिम उत्तर दक्षिण चारोतर्फ देउमाडो र घटवारमा धनु काढ तरवार षुकुरिले र ढुंगो झटारो घुग्यात्रोले हानाहान गरि जुझ षेलथ्या । अब उप्रांत उर्दि भया पछि कसैले षेल्यो भन्या षेल्न्यालाइ २।। रुपैया दंड गर्नु । रुपैया नतिर्या दिन १५ कैद गर्नु ।

यसरी जङ्गबहादुरले बन्देज लगाएको सिठी जुझ त्यसपछि भने पूर्णरुपमा नै बन्द भयो । यसरी जात्राको रुपमा एक अर्कोलाई ढुङ्गाले हान्ने खेलमा बिपक्षीलाई चोट लाग्दा खुशीयाली छाउने गर्दथ्यो र बिपक्षीलाई समाइएमा कंग अजिमामा बलि समेत चढाउने जस्तो कुकृत्य माथि जङ्गबहादुरले सदाको लागि बन्देज नै लगाइदिए ।

तर अचेल दिगू पूजाको दिन वर्षको एक दिन सबै दाजुभाइ एकसाथ भेला भएर रमाइलो गर्नु पर्नेमा वर्ष भरि जम्मा भएको क्लेष वा भडास पोख्ने गर्छन् । रक्सीले मातिएर आफ्नै दाजुभाइलाई काटौ झै गर्दछन् । हाम्रो उलकहरु भक्तपुरमा कूलदेवता रहेको ठाउँमा सबै एकसाथ जम्मा हुने र भोज खाने गर्दैनन् । पहिले हुन्थ्यो, भोज संगै खान्थे । तर प्राय झगडा हुने हुँदा पूजा गरेपछि आ-आफ्नै घरमा बसेर भोज खाने गर्छन् ।

प्रतिक्रिया