शुक्रबार, जेठ ३, २०८२

रुकुम पश्चिम जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

नेपालखोज २०८० जेठ ११ गते १३:१८

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन् ।

प्रतिक्रिया