सोमबार, वैशाख २४, २०८१

क्यानडा र साउदी अरबबिच पुनः कूटनीतिक सम्बन्ध स्थापना

नेपालखोज २०८० जेठ ११ गते १५:०५

ओटावा । क्यानडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् ।

दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानडाले बुधवार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

क्यानडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।

यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधवार यस्तै घोषणा गरेको छ ।

सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबिचको विवाद बढेको थियो ।

प्रतिक्रिया