बिहीबार, चैत १५, २०८०

नयाँ अनुहार समेट्दै नेपालको टोली घोषणा

नेपालखोज २०८० जेठ १२ गते ५:२२

काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग हुने पाँच महिला टी-ट्वान्टी आई खेलको सिरिजको लागि टोली घोषणा गरेको छ । तीन युवा खेलाडीलाई पहिलो पटक समेट्दै महिला क्रिकेट टोलीले टोली घोषणा गरेको हाे ।

युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र तीव्र गतिका बलर ईश्वरी विष्टलाई पहिलो पटक टोलीमा मौका दिइएको हो । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छन् ।

सुदूरकै ईश्वरी विष्टले घरेलु क्रिकेटमा राम्रो बलिङ गर्दै आएकी छन् । स्पिनर कृतिका मरासिनी नेपालको यू-१९ कप्तान हुन् । उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छन् ।

मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । 

मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ । जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ । 

प्रतिक्रिया