शनिबार, वैशाख १५, २०८१

‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल

नेपालखोज २०८० जेठ १२ गते ६:०३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै छन् । दोस्रो लेगको आठौं चरण अन्तर्गत आज दुई खेलहरु हुने छन् ।

दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

प्रतिक्रिया