नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा
नेपालखोज
२०८० जेठ १२ गते ११:१३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे लगायतका ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो
सम्बन्धित
प्रतिक्रिया