शुक्रबार, वैशाख ७, २०८१

एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित

नेपालखोज २०८० जेठ १२ गते १२:४५

काठमाडौं । नेकपा एमालेको अवरोध पछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप लगाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको थियो ।

केही दिनअघि संसदमा बोल्ने क्रममा सत्तापक्षिय एक सांसदले बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप लगाएका थिए । सो विषय टुंगो नलगाएसम्म संसद अघि बढ्न नदिने एमालेको अडान छ ।

एमालेका सांसदहरुले नाराबाजी लगाउन नछाडेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगीत भएको सूचना सुनाएका हुन् । आज संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया