शुक्रबार, वैशाख ७, २०८१

बङ्गलादेशमा कवि धमला सम्मानित

नेपालखोज २०८० जेठ १२ गते १७:३४

काठमाडौं । कवि भोजकुमार धमला बङ्गलादेशमा सम्मानित भएका छन् ।

राष्ट्रिय कविता मञ्च तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशले ‘अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३’को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको हो ।

कवि धमलाले हालै अङ्ग्रेजी कविता सङ्ग्रह ‘द सेल्फिस सिटी’ प्रकाशन गरेका छन् । कार्यक्रममा बङ्गलादेशी कवि तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए ।

त्यस्तै सेगुन बगैँचास्थित इन्टरनेसनल मदर ल्याङ्ग्वेज इन्स्टिच्युट बङ्गलादेशमा आयोजित कार्यक्रममा अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मूलका अस्ट्रेलियाली कवि कुमारराज सुवेदी पनि सम्मानित भए । उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो । सुवेदीको ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रह प्रकाशित छ ।

विश्वका विभिन्न देशका कवि उपस्थित कार्यक्रममा बङ्गलादेशी लेखक महमुदुल हसन निजामीले ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रहबारे चर्चा गरे ।

प्रतिक्रिया