नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० जेठ १२ गते २२:४९
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय ।
एमालेले गर्यो संसद बैठक अवरुद्ध, २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक शनिबार सारियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राई र दुलालको बयान सकियो, फरार रहेकी लक्ष्मी महर्जन पक्राउ ।
अनुशासन उल्लङ्घन गरेको आरोपमा जनमतका दुई सांसदमाथि कारबाही ।
मिन विश्वकर्मालाई कांग्रेसको प्रचार विभाग प्रमुखको जिम्मेवारी ।
जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त ।
भोलि विहान ६ बजेदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा लागू हुने ।
काभा महिला भलिबल प्रतियोगितामा कजाकिस्तानसँग नेपाल पराजित, भारत फाइनल प्रवेश ।
ए डिभिजन लिगमा थ्रिस्टारमाथि शेर्पाको जित, खुमलटारलाई पराजित गर्दै पुलिस छैटौं स्थानमा ।
सम्बन्धित
प्रतिक्रिया