पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

काठमाडाैं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए ।
‘चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु । यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ’, निर्देशक वलले भने । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि गरेका छन् । भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलले जानकारी दिए ।
आयोजित पत्रकार सम्मेलनमा चलचित्रको गीत तथा ट्रेलर पनि देखाइएको थियो । सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदै छ ।
प्रतिक्रिया