बिहीबार, वैशाख १३, २०८१

हिमालय रोडिजको अडिसन आजदेखि

नेपालखोज २०८० जेठ १३ गते ८:११

काठमाडाैं । आज हिमालय रोडिज सिजन – ५ को अडिसन सुरु हुँदैछ । यो अडिसन नेपालका विभिन्न सहरहरूमा हुने बताइएकोछ ।  अडिसनको प्रारम्भ आज जेठ १३ गते यामाहा शोरुम इटहरीबाट गरिँदैछ । यसैगरी जेठ १४ गते यामाहा शोरुम हेटौंडा, जेठ १७ गते यामाहा शोरुम नेपालगन्ज, जेठ १९ गते यामाहा शोरुम पोखरा तथा जेठ २१ गते यामाहा ब्लू स्क्वायर काठमाडौंमा अडिसन संचालन गरिनेछ । 

थ्रिल खोज्ने र साहसिक उत्साहीहरूलाई यो भव्य यात्रामा सहभागी हुन यामाहा रेसिङले आमन्त्रण समेत गरेको छ रोडिज सिजन – ५ को यामाहा फिल्ड अडिसन पहिलेको भन्दा ठूलो, भव्य र थप शक्तिशाली हुने बताइएको छ । अडिसनमा सहभागीहरूले रोमाञ्चक चुनौतीहरूको सामना गर्नेछन् र निर्णायकहरूलाई प्रभाव पार्न आफ्ना सीमा भत्काउनेछन् । यो अडिसनले सहभागिहरूको साहस, दृढता र टिममा काम गर्ने क्षमताको परीक्षण गर्नेछ । यसमा गहन शारीरिक तथा मानसिक कार्यहरू समेटिने छ ।

प्रतिक्रिया