शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री कार्यालयमा तीन प्रमुख दलकाे बैठक जारी

नेपालखोज २०८० जेठ १३ गते ९:३१

काठमाडौं सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा तीन प्रमुख दलकाे बैठक जारी छ । अवरुद्ध संसद सुरु गर्ने विषयमा प्रमुख तीन दल छलफलमा जुटेका हुन् । बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ । 

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै विषय उठाए पछि एमालेले सो विषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग अडान राखिरहेकाे छ ।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अवरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक  पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया