शुक्रबार, जेठ ३, २०८२

नसर्ने रोगबाट बिरामी पर्ने नेपाली सर्वाधिक

नेपालखोज २०८० जेठ १४ गते ८:०३

काठमाडाैं । अस्वस्थ्य जीवन शैलीका कारण नसर्ने रोगबाट पीडित नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । उच्च रक्तचाप, मधुमेह, अज्ञात, स्वासप्रश्वाससँग सम्बन्धित लगायतका नसर्ने प्रकृतिका राेगबाट बिरामी पर्नेहरुकाे संख्या सबैभन्दा उच्च रहेकाे स्वास्थ्य बीमा बाेर्डले जानकारी दिएको छ ।

बाेर्डले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार बिमा व्यवस्थापन सूचना प्रणाली (IMIS) मा प्रविष्ट भएका रोगहरु मध्ये उच्च दाबी हुने रोगमा सबैभन्दा बढी उच्च रक्तचापका बिरामीकाे उपचारमा भएको खर्च वापतको दाबी छ । बाेर्डका अनुसार कूल प्रविष्ट गरिएका राेगमध्ये उच्च रक्तचापका बिरामीको संख्या २१.७ प्रतिशत छ ।

मोटोपन, पारिवारिक इतिहास र अस्वस्थ्यकर आहार उच्च रक्तचापको मुख्य कारण हो । उपभाेक्तावादी संस्कृति बढ्दै जाँदा खानपान र शारीरिक परिश्रममा ध्यान नदिंदा रक्तचापको सन्तुलन बिग्रन जान्छ। रक्तचापलाई सन्तुलनमा राख्नका लागी खानपानमा ध्यान दिनुका साथै सन्तुलित भोजन समेत जरुरी हुन्छ ।

बाेर्डका अनुसार पहिचान नभएका बिमारीका कारण बिरामी हुनेकाे संख्या १३.६ प्रतिशत र मधुमेहका बिरामीको संख्या १३.६ प्रतिशत छ । यसैगरी तल्लाे पेटको दुःखाई, जलन १३.४ प्रतिशत छ भने आँखाको दृश्य हेर्न सक्ने क्षमताको क्षयीकरण सम्बन्धी बिरामीको संख्या १०.५ प्रतिशत छ ।

प्रतिक्रिया