शनिबार, वैशाख ८, २०८१

विद्यार्थीको हेयरस्टाइल देखेर शिक्षकले कटाइदिए ३० जना बालबालिकाको कपाल

नेपालखोज २०८० जेठ १४ गते ८:३२

भारत । भारतको आसाम, माजुलीस्थित एक निजी अंग्रेजी विद्यालयका शिक्षकले विद्यार्थीलाई अनुशासन सिकाउने तरिकालाई लिएर विवाद भएको छ । विहानको प्रार्थना सभामा विद्यार्थीको कपालको स्टाइलप्रति असन्तुष्टि जनाउँदै विद्यालयका शिक्षकले कैंची लिएर ३० भन्दा बढी बालबालिकाको कपाल काटिदिएको आरोप लागेको छ ।

यो घटना मजुलीको चेरपाइ गाउँमा भएको हो । विद्यालय सञ्चालनको काम नागाल्याण्डको चखेसाङ ब्याप्टिस्ट चर्चले गरिरहेको छ । घटना सञ्चारमाध्यममा आएपछि मजुली जिल्लाका उपायुक्तले घटनाको छानबिन गर्न आदेश दिएका छन् । धेरै विद्यार्थीका अभिभावकले यो घटनाप्रति असन्तुष्टि जनाएका छन् । नाम नखोल्ने सर्तमा एकजना अभिभावकले भने, ‘विद्यार्थीले सफा पोशाक लगाउनुपर्छ र आफूलाई सफा राख्नुपर्छ भन्ने बुझेको छु, तर मेरो बच्चाको कपाल यसरी काट्ने अधिकार विद्यालय प्रशासनलाई कसले दियो ? मेरो छोरा रुँदै घर आयो। उसको अगाडिको कपाल काटिएको थियो ।

त्यो देखेर मलाई दु:ख लाग्यो। उनी अहिले स्कुल जान इन्कार गरिरहेका छन् किनभने यसबाट उनी अपमानित महसुस गरिरहेका छन् । ‘मजुलीमा लामो समयदेखि पत्रकारिता गर्दै आएकी वरिष्ठ पत्रकार पुण्य सैकिया भन्छिन्, ‘मैले धेरै अभिभावकसँग कुरा गरेको छु, विद्यालयको यस्तो व्यवहारबाट उनीहरु निकै आक्रोशित छन् । अब कतिपय बालबालिका विद्यालय जान डराउनेछन्। शिक्षकले विद्यार्थीहरुको मञ्जुरीविना जथाभावी कपाल काटिदिए ।

यो घटनाले तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।” विद्यालयका प्रधानाध्यापकको निर्देशनमा शिक्षकले उक्त कार्य गरेको आरोप छ । विद्यालयका तर्फबाट अभिभावकले विद्यार्थीलाई कपाल काट्न पटक–पटक चेतावनी दिए पनि कसैले सुनेनन् । विद्यालयका प्रधानाध्यापकले स्थानीय सञ्चारमाध्यमलाई आफूसँग हरेक विद्यार्थीलाई बोलाएर अनुशासन दिने समय नभएको बताएकि छिन् । उनले विद्यार्थीलाई एकपटक होइन पटकपटक सचेत गराएको बताउँदै भनिन् – विद्यार्थीले नियम पालना नगरे अनुशासनात्मक कारबाही गरिनेछ ।

प्रतिक्रिया