ठूला दलहरुले सिण्डिकेट चलाएको प्रभु साहकाे आराेप
नेपालखोज
२०८० जेठ १४ गते १४:४९

काठमाडाैं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले ठूला दलहरुले सिण्डिकेट चलाएको आरोप लगाएका छन् ।
आज (आइतबार) बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तावित सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथिको छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सांसद साहले आपसी प्रतिस्पर्धा लोकतन्त्रको मुटु भए पनि ठुला पार्टीहरू प्रतिस्पर्धा भन्नेबित्तिकै डराएको र राजनीतिक नियुक्तिमा आफू खुसी बाँडेर लिएको आरोप लगाए ।
सम्बन्धित
प्रतिक्रिया