राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ जनाको बाँकी कैद मिनाहा
नेपालखोज
२०८० जेठ १४ गते १८:४३

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनालाई आम माफी दिएका छन् ।
त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरु सोमबार छुट्नेछन् ।
कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।
यस्तै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ ।


सम्बन्धित
प्रतिक्रिया