बिहीबार, चैत १५, २०८०

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ १४ गते २२:५७

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ जनाको बाँकी कैद मिनाहा ।

योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय ।

तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने सरकारको निर्णय ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

संसदीय सुनुवाइ विशेष समिति गठन ।

रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम भएको रास्वपाको भनाइ ।

करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार, ८ जना पक्राउ ।

बाँकेको नरैनापुरमा ११ घर जले ।

सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित ।

भारतले जित्यो काभा वुमन्स भलिबलको उपाधि, नेपाल तेस्रो ।

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा ।

‘ए’ डिभिजन लिगमा एनआरटीको जित, मनाङसँग थ्रिस्टार १–० गोलले पराजित ।

प्रतिक्रिया