मंगलबार, वैशाख ४, २०८१

नेपाल लाइफले गर्यो ६४ लाख २५ हजारको दावी भुक्तानी

नेपालखोज २०८० जेठ १५ गते ११:५५

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको जानकारी दिएको छ ।

टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

प्रतिक्रिया