आइतबार, जेठ ६, २०८१

गाँजाको खपत र मूल्य कहाँ कति ? 

नेपालखोज २०८० जेठ १६ गते १४:२३

काठमाडौं । नेपाल सरकारले सोमबार प्रस्तुत गरेको २०८०/८१ को बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने कुरा उल्लेख गरेको छ । यसै सन्दर्भमा संसारमा गाँजाको खपत र मूल्यका बारेमा जर्मनीको बजार अनुसन्धान फर्म एबीसीडीले विश्वका १२० देशको तथ्याङ्कका आधारमा एउटा सूची तयार गरेको थियो । गाँजाको मूल्य सूचकाङ्क र त्यहाँ कानुनी वा गैर कानुनी के हो भन्ने कुरा यो तथ्याङ्कमा समेटिएको छ ।

न्यु योर्क, अमेरिका : अमेरिकाका केही राज्यमा गाँजामा प्रतिबन्ध लगाइएको छ भने कतिपय ठाउँमा यो कानुनी छ । यहाँ एक ग्रामको गाँजाको मूल्य करिब १० दशमलव ७६ डलर  छ र न्यू योर्कमा एक वर्षमा करिब ७७.४४ मेट्रिक टन गाँजा खपत हुने गरेको छ । 

कराँची, पाकिस्तान : गाँजा पाकिस्तानमा प्रतिबन्धित छ । यद्यपि, त्यहाँ प्रति ग्राम ५.३२ डलर तिरेर गाँजा किन्न सकिन्छ । पाकिस्तानको कराँची महानगरमा वार्षिक करिब ४१.९५ मेट्रिक टन गाँजा खपत हुन्छ ।

नयाँ दिल्ली, भारत : भारतमा गाँजा आंशिक रूपमा प्रतिबन्धित छ । खरिददारहरूले यसलाई प्रति ग्राम ४.३८  डलरमा खरिद गर्न सक्छन् भने नयाँ दिल्ली एक वर्षमा लगभग ३८ .२६  मेट्रिक टन खपत हुन्छ । 

लस एन्जलस, संयुक्त राज्य अमेरिका : यहाँ गाँजाको खरिद–बिक्री कानुनी छ । लस एन्जलसमा एक ग्राम गाँजा ८.१४ डलरमा किन्न सकिन्छ भने त्यहाँ वर्षभरिमा करिब ३६.०६ मेट्रिक टन गाँजा खपत हुन्छ ।

कायरो, इजिप्ट : कायरोमा गाँजा प्रतिबन्धित छ । अवैधानिक भएकाले यहाँ एक ग्राम गाँजाका लागि १६.१५ डलरसम्म तिर्नुपर्छ । यत्रो मूल्यका बाबजुद कायरोमा वार्षिक ३२.५९ मेट्रिक टन गाँजा खपत हुन्छ ।

मुम्बई, भारत : मुम्बईमा गाँजाको खरिद–बिक्रीमा आंशिक प्रतिबन्धहरू छन् । यहाँ यसको मूल्य लगभग ४.५७ प्रति ग्राम छ र वार्षिक खपत ३२.३८ मेट्रिक टन छ ।

लन्डन, युके : यहाँ पनि गाँजाको अवैध खरिद–बिक्री हुन्छ । लन्डनमा गाँजाको मूल्य ९.२ प्रति ग्राम छ भने वार्षिक खपत ३१.४ मेट्रिक टन छ । 

सिकागो, संयुक्त राज्य अमेरिका : आंशिक प्रतिबन्धका कारण सिकागोमा एक ग्राम गाँजाको औसत मूल्य ११.४६ डलर तथा वार्षिक खपत २४.५४ मेट्रिक टन छ ।

मस्को, रुस : रसियन राजधानी मस्कोमा गाँजा आंशिक रूपमा प्रतिबन्धित छ । यहाँ यसको मूल्य प्रति ग्राम ११.८४ डलर छ भने वार्षिक खपत २२.८७ मेट्रिक टन छ ।

टोरन्टो, क्यानडा : आंशिक प्रतिबन्धका कारण टोरन्टोमा एक ग्राम गाँजाको औसत ७.८२ डलर पर्छ भने एक वर्षमा लगभग २२.७५मेट्रिक टन खपत हुन्छ ।

प्रतिक्रिया