शुक्रबार, चैत १६, २०८०

सन्दीप दक्षिण अफ्रिका नजाने

नेपालखोज २०८० जेठ १६ गते २०:०३

काठमाडाैं । आईसीसी विश्वकप लिग टूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान बनाएको नेपाली क्रिकेट टोली अभ्यासका लागि भोलि बिहान साढे २ बजे दक्षिण अफ्रिका जाँदै छ । काठमाडौंमा सीमित अभ्यास गरेको नेपाली टोलीले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास गर्ने छ ।

उक्त अभ्यास पछि नेपाली टोली उतैबाट जिम्बाबेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि प्रस्थान गर्ने छ । तर, भोलि बिहान जाने नेपाली टोलीमा नेपाली टोलीका मुख्य हतियार सन्दीप लामिछाने हुने छैनन् । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले दक्षिण अफ्रिका टूर गुमाउने भएका हुन् ।

फौजदारी अभियोग लागेका सन्दीपविरुद्धको मुद्दा आज पनि काठमाडौं जिल्ला अदालतबाट अघि नबढेपछि उनी दक्षिण अफ्रिका टूरमा नेपाली टिममा उपलव्ध नहुने पक्का जस्तै भएको हो ।

प्रतिक्रिया