शुक्रबार, चैत १६, २०८०

‘ए’ डिभिजन लिग : चर्च ब्वाइजकाे जित

नेपालखोज २०८० जेठ १६ गते २०:२१

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले सहज जित निकालेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार चर्च ब्वाइजले एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराएको हो ।

आज भएको खेलमा विभागीय क्लब एपीएफमाथि ४–१ गोल अन्तरको जित निकाल्दै तालिकामा ३ अंक थपेपछ दोस्रो स्थानको जावलाखेल युथ क्लबलाई ४ अंकले पछि पारेको हो ।

जितसँगै चर्च ब्वाइजको अंक तालिकामा ४१ अंक पुगेको छ भने दोस्रो स्थानको जावलाखेलको ३७ अंक रहेको छ ।

प्रतिक्रिया