पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आन्शिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आन्शिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दूई स्थानमा मेघ गर्जन चटयाङसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया