बिहीबार, वैशाख १३, २०८१

काममा कडा परिश्रम र समर्पण

नेपालखोज २०८० जेठ १७ गते ६:४३

कडा परिश्रमले सन्तोष दिन्छ स् सधैं आफ्नो काममा गर्व गर्नुपर्छ र अरूको कडा परिश्रम र राम्रो कामको कदर । आफ्नो काम पूरा लगनशीलता र मेहनतका साथ सम्पन्न गर्नुपर्छ । हामीले हाम्रो मेहनतको फल त्यो दिन पाउनेछौं जुन दिन संसारले हाम्रो कामको प्रशंसा गर्नेछ र सफलताका पछाडि हाम्रो मेहनत देख्नेछ। हामी जति मेहनत गर्छौ त्यति नै राम्रो महसुस हुनेछ।

राम्रो बानीले जीवन परिवर्तन गर्न सक्छ स् हाम्रो राम्रो बानीले मात्र जीवनमा अगाडि बढ्न सक्छ। नराम्रो बानीले हामीलाई बन्धनमा राख्छ, निर्णय गर्न दिदैन , अगाडि बढ्न दिदैन । जिन्दगी बदल्न एउटा राम्रो बानी प्रयाप्त हुन्छ। राम्रा बानीहरू अंगालेर हामी अगाडि बढ्न सक्छौ । राम्रो बानीका आधारमै सफलता प्राप्त गर्न सकिन्छ ।

हरेक डरको अस्तित्व कर्मद्वारा नष्ट हुन सक्छ स् जसले आफ्नो जीवनमा हुने सबै कुराको श्रेय र दोष लिन्छ उनीहरू मात्र जीवनमा अगाडि बढ्छन् र सफल हुन्छन्। कतिपय मानिस आफ्नो सफलताको श्रेय त लिन्छन् तर आफ्नो असफलताको दोष अरुलाई दिन्छन् । हामि कति आफ्नो जिम्मेवारी स्वीकार गर्छौ र जीवनको कुनै क्षेत्रमा कति नियन्त्रण महसुस गर्छौ भन्ने कुरा बीच प्रत्यक्ष सम्बन्ध छ ।

बोल्ने मात्र होइन गर्न जरुरी छ स् जीवन मूल्य भनेको आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिने कुरा होइन । परिस्थिति अनुसार परिवर्तन हुने मुल्य तब देख्न सकिन्छ जब मानिसले एउटा कुरा भन्छ र काम अर्कै गर्छ । मानिसले के भन्छ भनेर चिनिने होइन यो उसले गरेको कामबाट थाहा हुन्छ ।

प्रतिक्रिया