शुक्रबार, चैत १६, २०८०

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ

नेपालखोज २०८० जेठ १७ गते ६:५९

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै छ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदनमा सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो ।

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए ।

आममाफी नदिएकाे भए चाैधरी २०९४ सालसम्म जेलमा नै बस्नुपर्ने  थियाे । अदालतकाे फैसाला अनुसार थप १४ वर्ष जेल बस्नुपर्ने भए पनि आममाफी पछि साे कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन् ।

प्रतिक्रिया