शुक्रबार, वैशाख ७, २०८१

कानुनअनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने बालेन साहकाे चेतावनी

नेपालखोज २०८० जेठ १७ गते ९:१९

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कानुनअनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने बताएका छन् । कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै उनले छुट सुविधा उपलब्ध गराउन चेतावनीसमेत दिएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ, यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’

प्रतिक्रिया