बिहीबार, वैशाख १३, २०८१

निर्माण व्यवसायी महासंघको टोली मकाउ प्रस्थान

नेपालखोज २०८० जेठ १७ गते २०:१७

काठमाडौं । चौधौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मकाउ प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डल निर्माण व्यवसायीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरू समेत गरी नौ सदस्यीय रहेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मकाउमा रहँदा अन्तर्राष्ट्रिय स्तरमै निर्माण उद्योगमा देखा परेका समस्याहरू र समाधानका उपाय सहितका छलफलमा सहभागिता जनाउनेछ ।

प्रतिनिधिमण्डल नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष सिंहले सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् । यस पटकको सम्मेलनमा नारा ‘गोइङ ग्रीन, डिजिटल एण्ड स्मार्ट फाइनानसिङ विन विन कोअपरेशन’ तय गरिएको छ ।

चीनका निर्माण व्यवसायीहरूको संगठन र मकाउ व्यापार तथा लगानी प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा सम्मेलन आयोजना गरेका हुन् । १३औं संस्करणसम्म ७० देशका दुई हजार भन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया