शुक्रबार, वैशाख १४, २०८१

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य

नेपालखोज २०८० जेठ १७ गते २०:४२

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका छन् ।

लोसपाले समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ भन्दै यस प्रक्रियामा न्यासङ्गतरुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया