शुक्रबार, वैशाख १४, २०८१

सोच, समझ एवं धैर्य पूर्वक काम गरौं

नेपालखोज २०८० जेठ १८ गते ६:१०

हतारमा गरेको काम बिग्रने सम्भावना धेरै हुन्छ । यस्तो काममा जोखिमको सम्भावना बढी छ । कतिपय अवस्थामा मानिसहरु अति उत्साहित हुन्छन र आफूप्रति बढी विश्वास गर्छन । सोचविचार गरेर धैर्यतापुर्वक काम गर्दा बस्तुस्थितिलाई नजिकबाट बुझ्न सजिलो हुन्छ । आफ्नो उत्साह कायम राख्नुपर्छ तर त्यसलाई अति उत्साहमा परिणत हुनदिनु हुँदैन ।

आत्मसम्मान कायम राख्नु महत्त्वपूर्ण

जब आत्म(सम्मानमा कमी महसुस हुन्छ तब आफैलाई सम्झाउनुपर्छ कि मैले जे गर्न सक्छु त्यो अरू कसैले गर्न सक्दैनन । म हरेक कुरामा फरक छु । मानिसहरूलाई मेरो आवश्यकता छ। हाम्रा राम्रा बानी तथा मनोवृत्ति नै अरुका लागि उदाहरण बन्छन् जसलाई मानिसहरूले पछ्याउने प्रयास गर्छन्। मानिसहरूले हामिलाई त्यहि अनुपातमा आदर गर्छन् जति हामि आफैलाई सम्मान गर्छौ ।

धेरै काम गर्नु, बढी जिम्मेवार हुनु

धेरै काम गर्ने अवसर छ भने उत्साहपूर्वक त्यसलाई स्वीकार गर्नुहोस्। यदि तपाईंलाई नयाँ जिम्मेवारीका लागि सोधियो भने यसले प्रमाणित गर्छ कि मानिसहरू तपाईंको क्षमतामा विश्वास गर्छन् । यसले के देखाउँछ भने तपाईं अरू मानिसहरू भन्दा बढी महत्त्वपूर्ण हुनुहुन्छ। त्यस्तै छरछिमेकीहरूले कुनै कुरामा पहल गर्न आग्रह गर्दा त्यसलाई स्वीकार गर्नुपर्छ । यसले आफुलाई समाजको नेतृत्व गर्न मद्दत गर्छ।

हारलाई पूर्ण सम्मानका साथ स्वीकार

जब -जब कठिन परिस्थिति आउँछ त्यसलाई स्वीकार गर्नुपर्छ । हारलाई गरिमाका साथ स्वीकार गर्नु नै मानिसको पहिचान हो । पराजित व्यक्तिले नै सटीकताका साथ आत्म-विश्लेषण गर्न सक्छ । जितले भन्दा हारले धेरै कुरा सिकाउँछ । हारले हामीलाई मानवता तर्फ डोर्याउँछ । हारले नयाँ मनोवृत्तिको विकास गर्छ। जिवनमा जित्नु राम्रो कुरा हो तर हार पनि जरुरी छ ।

प्रतिक्रिया