आइतबार, जेठ ६, २०८१

करिब तीन हजार अफगानी शरणार्थी मङ्गलवार इरानबाट स्वदेश फिर्ता

नेपालखोज २०८० जेठ १८ गते ७:४८

इरान । इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट स्वदेश फर्किएको जानकारी दिइएको हो ।

‘इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् र शरणार्थीहरूलाई उनीहरूको देशमा फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।

झण्डै २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू इरानमा बस्छन् भने त्यति नै सङ्ख्यामा पाकिस्तानमा बसोबास गर्दछन् ।

अफगानिस्तान युद्ध र तालिवानले सत्ता सम्हालेपछि पनि सुरक्षाको समस्या देखाउँदै ठूलो सङ्ख्यामा अफगानी नागरिक विदेश पलायन भएका थिए ।

अफगानिस्तानको कामचलाउ (तालिवान) सरकारले विदेशमा रहेका अफगानी शरणार्थीहरूलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा योगदान गर्न आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया