शनिबार, जेठ ५, २०८१

मस्कद्वारा चीनको ‘जीवन्तता’को प्रशंसा

नेपालखोज २०८० जेठ १८ गते ९:१०

काठमाडाैं । विश्व प्रसिद्ध विद्युतीय कार कम्पनी टेस्लाका प्रमुख लगानीकर्ता एलोन मस्कले बुधबार चीनको ‘जीवनशक्ति र प्रतिज्ञा’ को प्रशंसा गरेका छन् । उनले चीन भ्रमणका क्रममा धेरै सरकारी अधिकारीहरूलाई भेट्नुभएको छ र चीनमा आफ्नो व्यवसाय विस्तार गर्ने घोषणा गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक खर्बपति तीन वर्षपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन् ।

उनले बुधबार बेइजिङमा वाणिज्यमन्त्री वाङ वेनताओलाई भेटेर ‘चीनको विकासको जीवन्तता र सम्भाव्यता’को प्रशंसा गरेका थिए । मस्कले चीनको बजारमा पूर्ण विश्वास व्यक्त गर्दै पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको बताए । उनले कोभिड–१९ महामारीको समयमा टेस्लाको साङ्घाई कारखानालाई प्रदान गरिएको सहयोग र ग्यारेन्टीका लागि चीनप्रति आभार प्रकट गरेका छन् । मस्कले विदेशमन्त्री किन गाङलाई आफ्नो कम्पनीले ‘चीनमा आफ्नो व्यापार विस्तार जारी राख्न इच्छुक रहेको’ बताएका थिए ।

मस्क र टेस्लाले यस यात्राको बारेमा कुनै औपचारिक जानकारी (विज्ञप्ति) जारी गरेका छैनन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई मङ्गलबार बेइजिङमा स्वागत गरेको थियो । मस्कले बुधबार बेइजिङमा उद्योगमन्त्री जिन झुआङलोङलाई भेटेर ‘नयाँ विद्युतीय सवारी साधन र ‘इन्टेलिजेन्ट कनेक्टेड भेहिकल’को विकास’ बारे छलफल गरेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार साँझ उहाँ बेइजिङको राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निजी विमानमार्फत् साङ्घाईका लागि प्रस्थान गरेका छन् ।

प्रतिक्रिया