आइतबार, जेठ ६, २०८१

यसरी टाट पल्टिनबाट जोगियो अमेरिका

नेपालखोज २०८० जेठ १८ गते १२:२२

एजेन्सी । अमेरिकी प्रतिनिधिसभाले बुधबार ट्रेजरीमार्फत कर्जाको सीमा बढाउने विधेयक पास गरेको छ ।

निर्धारित समय सीमाभन्दा पाँच दिनअगाडि नै यसको टुंगो लागेको हो । कर्जा सीमा बढाउने अन्तिम दिन ५ जुन तोकिएको थियो। यदि सो समयमा पास हुन नसकेको भए अमेरिका इतिहासमै पहिलोपल्ट टाट पल्टिन्थ्यो ।

फक्स न्युजका अनुसार राष्ट्रपति जो बाइडन र प्रवक्ता केभिन म्याकार्थीबीच कर्जा सीमाको डिलबारे छलफल भएको थियो । छलफलले उपयुक्त निर्णय गर्दै विधेयक पास गरेर अमेरिकालाई टाट पल्टिनबाट जोगाएका छन् ।

डेमोक्र्याट र रिपब्लिकनका अधिकांश सदस्यले यो विधेयकको समर्थन गरे । डेमोक्र्याटले १६५–४६ भोटले समर्थन गर्या भने रिपब्लिकनले १४९–७१ भोटले समर्थन गर्यो ।

अमेरिकी सरकार कानुनी रुपमा आफ्नो खर्चको दायित्व पूरा गर्न कर्जा लिने गर्छ । संसद्ले कानुन बनाएर यो कर्जा लिने सीमा तय गरेको थियो, जसलाई कर्जा सीमा (डेब्ट सिलिङ) भनिन्छ ।

अमेरिकी संविधानअनुसार संसद्लाई सरकारी खर्च नियन्त्रण गर्ने अधिकार दिइएको छ । बिनासंसद्को अनुमतिमा सरकारले निश्चित सीमाभन्दा बढी कर्जा लिन पाउँदैन ।

अमेरिकी संसद्मा विपक्षी (रिपब्लिकन) को बहुमत छ । विपक्षीले कर्जा सीमा नबढाउने भनेपछि विवाद सिर्जना भएको थियो भने सीमा नबढाउँदा ढुकटी रित्तिन सक्थ्यो र अमेरिका टाट पल्टिन पनि सक्थ्यो। यसको असर वैश्विक अर्थतन्त्रमा पनि पर्थ्यो ।

प्रतिक्रिया