शनिबार, जेठ ५, २०८१

बाटो भत्किँदा १७ बालबालिकासहित १८ जना घाइते

नेपालखोज २०८० जेठ १८ गते १५:११

ओटावा । क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा स्थानीय समयअनुसार बिहान १० बजेभन्दा केही समयअघि सेन्ट जोन्स–रेभेन्सकोर्ट विद्यालयका १० देखि ११ वर्ष उमेर समूहका बालबालिका ‘फिल्ड ट्रिप’मा गएका बेला दुर्घटना भएको थियो ।

पाँच मिटर अग्लो पदमार्ग भत्किँदा केही बालबालिका सोझै खसेका थिए भने अन्य चिप्लिएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरा उन्मुख रहेको अस्पताल स्रोतले बताएको छ ।

सिटी अफ विन्निपेगका प्रवक्ताले निरीक्षकहरू घटनास्थलमा उपस्थित हुने र प्रान्तीय कार्यस्थलको सुरक्षा र स्वास्थ्य जाँच गरिने बताएका छन् ।

हाम्रो रेकर्डहरूको प्रारम्भिक खोजीले सन् २००४ र २०१४ मा उक्त पैदल मार्गको मर्मत गरिएको थियो ।

प्रतिक्रिया