बिहीबार, वैशाख १३, २०८१

१६ अंकले बढ्दा एक अर्ब ६५ करोडको सेयर किनबेच

नेपालखोज २०८० जेठ १८ गते १५:१८

काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट घोषणा गरेपश्चात लगातार उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने बढेको छ ।

अघिल्लो दिन झण्डै ३९ अंकले घटेको नेप्से आज १६ दशमलव ५४ अंकले बढेर १८ सय ६६ दशमलव ३४ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले बढेर तीन सय ५५ दशमलव ६२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७२ वटा कम्पनीहरुको २९ हजार नौं सय २२ पटकको कारोबारमा ६१ लाख २८ हजार छ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ९५ अंकले बढेर ११ सय ९९ दशमलव ३१ अंकमा चढेको छ भने बिकास बैंक समुहको सुचक १८ दशमलव ६१ अंकले बढेर तीन हजार तीन सय ८८ दशमलव ५९ अंकमा चढेको छ ।

यसैगरी फाईनान्स समुहको सुचक पनि ११ दशमलव ५१ अंकले बढेर १५ सय ३४ दशमलव ३१ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३१ दशमलव ८३ अंकले बढेर २३ सय २३ दशमलव ४० अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ८५ दशमलव ६५ अंकले बढेर नौं हजार चार सय २२ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६९ दशमलव ३९ अंकले बढेर आठ हजार नौं सय ६२ दशमलव ५१ अंकमा चढेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहको सुुचक पनि क्रमशः ५४ दशमलव ६५, शुन्य दशमलव ८५, ५३ दशमलव ३५, २४ दशमलव ४०, शुन्य दशमलव शुन्य एक, तीन दशमलव ९८ र नौं दशमलव २७ अंकले बढेका छन् ।

नेप्सेमा आज जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ९४ प्रतिशतले बढेर दुई सय ८६ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज इक्विटी फण्डको प्रतियुुनिट सेयर मुल्य छ प्रतिशतले घटेर सात रुपैंयाँ ८३ पैसामा कारोबार भएको छ ।

यसैगरी प्रभु बैंकको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता एक सय दुई रुपैयाँ अन्तिम मुल्यमा २३ करोड २१ लाख ३४ हजार पाँच सय ७९ रुपैंयाँ पुगेको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया