शुक्रबार, वैशाख १४, २०८१

भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज महाकालेश्वरको पूजाअर्चना गर्ने

नेपालखोज २०८० जेठ १९ गते ६:२८

काठमाडाैं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया