शुक्रबार, वैशाख ७, २०८१

लेबनानद्वारा संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीलाई सिरियाली शरणार्थीको विवरण उपलब्ध गराउन आग्रह

नेपालखोज २०८० जेठ १९ गते ७:१२

लेबनान । लेबनानका सार्वजनिक सुरक्षा महानिर्देशक इलियास अल–बाइसारीले बिहीबार संयुक्त राष्ट्रसङ्घको शरणार्थी उच्च आयुक्तलाई विस्थापित सिरियालीहरूको तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् ।

लेबनान सरकारले सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा सुरक्षित फिर्ता गर्ने लक्ष्य राखेको छ । लेबनानको आन्तरिक सुरक्षा र आर्थिक अवस्थाले उनीहरूलाई त्यहाँ बस्न असजिलो देखिन्छ ।

यूएनएचसीआरले यसअघि सिरिया सुरक्षित नभएको भन्दै शरणार्थी फिर्ताका लागि लेबनानले प्रस्ताव गरेको योजनालाई अस्वीकार गरेको थियो ।

लेबनानका विदेश मामिला मन्त्री अब्दल्लाह बो हबिबले पहिले लेबनानमा लगभग २० लाख सिरियाली शरणार्थीहरू रहेको र यो सङ्ख्या लेबनानी समाजको संरचनालाई बाधा पु¥याउने खतरा रहेको बताउनुभएको थियो । rss

प्रतिक्रिया