शुक्रबार, वैशाख ७, २०८१

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न साह पक्राउ

नेपालखोज २०८० जेठ १९ गते १२:५५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्तरी बोदेबरसाइन नगरपालिका–१४ घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाइल लिएर मोबाइल बैंकिङ तथा खातामा पहुँच पुर्याई विभिन्न ई सेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया