१ लाख १३ हजार नाघ्यो सुनको भाउ
नेपालखोज
२०८० जेठ १९ गते १२:१५

काठमाडौं । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ ।
नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ झन् आकाशिएको हो ।
सम्बन्धित
प्रतिक्रिया